logo
  • शनिबार, असोज १७ २०८३

पहिरो खस्दा नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध


  • पब्लिक सूचना
  • बुधबार, भाद्र ५ २०८१

काठमाडौं, भदौ ५ गते । काठमाडौं भित्रिने प्रमुख राजमार्ग नागढुङ्गानजिक पहिरो जाँदा दुईतर्फी आवत–जावत अबरुद्ध भएको छ । धादिङ जिल्लाको नागढुङ्गाबाट झण्डै दुईसय मिटर नौबिसेतर्फ पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

कार्यक्षेत्रमा खटिनुभएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमराज थपलियाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “पहिरो खसेर दुबै तर्फबाट सवारी आवागमन अवरुद्ध भएको छ, ठुलो पानी परिरहेको छ । ढुङ्गा खस्नेक्रम जारी छ । सडक खुलाउन स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि काम गर्न सकिएको छैन । सडक पूर्ण रुपमा बन्द छ ।”

पानी रोकिएपछि सडक अवरुद्ध खुलाइने उहाँले बताउनुभयो । सो खण्डमा आवत–जावत अवरुद्ध भएपछि दुवैतर्फ अहिले सवारी साधनको लामो लाम भएको छ । पानी पर्नेक्रम जारी रहेकाले सुरक्षित रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend