logo
  • शनिबार, असोज १७ २०८३

सिन्धुलीमा बोलेरो दुर्घटना: दुईको मृत्यु, १३ जना घाइते


  • पब्लिक सूचना
  • बिहिबार, साउन ३१ २०८१

काठमाडौँ, साउन ३१ गते । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उहाँहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिनुभयो । दुर्घटनापछि बिपी राजमार्ग अवरुद्ध भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend