logo
  • आइतबार, असोज १८ २०८३

सुदूरपश्‍चिमका मुख्यमन्त्रीले विश्वासको मत लिंदै


  • पब्लिक सूचना
  • बुधबार, साउन ३० २०८१

३० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार (आज) विश्वासको मत लिंदैछन् ।

शाहले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

शाह कांग्रेस र एमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि शाहलाई २७ जनाको समर्थन आवश्यक पर्छ ।

शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन छ भने नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा भएकाले नाउपाले पनि विश्वासको मत दिनेछ ।

प्रदेश सभामा १० सिट रहेको माओवादी केन्द्र, ४ सिटको एकीकृत समाजवादी, राप्रपाकी खेमादेवी बिष्ट  र स्वतन्त्र सदस्य डा. ताराप्रसाद जोशी प्रतिपक्षमा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend