logo
  • शनिबार, असोज १७ २०८३

रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका विषय


  • पब्लिक सूचना
  • मंगलबार, साउन २९ २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ।

बैठक बिहान १०:३० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए।

त्यस्तै प्रस्तावित जलनसम्बन्धी गैरसरकारी  विधेयकबारे पनि छलफल हुने झाले बताए।

प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू पनि छलफलको कार्यसूची रहेको उनको भनाइ छ।

कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend