logo
  • आइतबार, असोज १८ २०८३

गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन


  • पब्लिक सूचना
  • आइतबार, साउन २७ २०८१

गायक प्रकाश तिमिल्सिनाको ३७ बर्षको उमेरमा निधन भएको छ।

उनी शनिबार साँझ ललितपुर भैँसेपाटीस्थित आफ्नै डेरामा बेहोस अवस्थामा फेला परेका थिए।

परिवारका सदस्यले पाटन अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेको परिवारका सदस्यको भनाइलाई उद्धृत गर्दै गायक एवं संगीतकार राजनराज सिवाकोटीले बताए।

गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका प्रीय ‘तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’, ‘नमान लाज यसरी’, ‘हेर दिन सधै एकनास हुँदैन’ जस्ता गीत चर्चित छन् ।

उनले थुप्रै देशका भाषामा गीत गाउन सक्ने खुबी राख्थे।

गत वर्ष मात्रै उनले १८ वटा देशको भाषामा गीत रेकर्ड गराएको संगीतकार विकास चौधरीले बताए।

गायक तिमिल्सिनाको पार्थिव शरीरलाई अहिले बिहान ८ बजे अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने संगीतकार चेतन सापकोटाले बताए।

तिमिल्सिनाको आजै अन्त्येष्टी गर्ने तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend