पब्लिक सूचना
म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा रहेको सुन्दर पहेँली बराह तालमा पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको छ ।
धौलागिरी आइसफल पदमार्गमा पर्ने अग्लो पहाडको टुप्पोमा गोलो आकारमा रहेको पहेँली बराह ताल प्राकृतिक रुपमा अति सुन्दर छ । बेनीदेखि सुरु भएर रघुगंगाको रुइसे भेडी ओडार–सोबाङ दूरी हुँदै धौलागिरी आधार शिविर पुगेपछि त्यहाँबाट पहेंली बराह, कालीबराह हुँदै मुस्ताङको लेते निस्कन सकिन्छ ।
व्यवस्थित पदमार्ग निर्माण र प्रचार–प्रसारको अभावमा पहेँली बराह ताल ओझेलमा परेको हो । पहेँली बराह तालदेखि केही तल यसै क्षेत्रमा अर्को कालिबराह ताल समेत छ ।
चार हजार ६ सय मिटरको उचाइँमा रहेको पहेँली बराह ताल करिब ८ सय मिटर लम्बाइ र चारसय मिटर चौडाइमा फैलिएको छ । तालमा पुगेपछि वरपर सुन्दर हिमचुचुरा र प्राकृतिक सुन्दर दृश्यको अवलोकन गर्न सकिन्छ । तालमा पुग्नुभएका बेनीका स्थानीयवासी किरण कार्कीले तालको सुन्दरताको बयान गर्दै भन्नुभयो, ‘‘प्राकृतिक रुपमा ताल धेरै सुन्दर छ । हिउँदका समयमा वरपर हिउँले ढाकेको र बिचमा गोलो आकारको ताल देखिन्छ । चिमखोलादेखि दुई दिनको थकानपूर्ण यात्रालाई तालको सुन्दरताले बिर्साइदिन्छ ।’’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend