logo
  • शनिबार, असोज १७ २०८३

बाढीले सयाैँ रोपनी धानखेत बगरमा परिणत


  • पब्लिक सूचना
  • शुक्रबार, साउन १८ २०८१

सुलीकोट, साउन १८ गते । गोरखाको बेनीखोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ । गोरखा नगरपालिका ३ र ५ का स्थानीय किसानहरुले लगाएको धानखेत लगातार परेको अविरल वर्षाका कारण बाढी आएर रोपो सहित धानखेत बगाउँदा बगरमा परिणत भएको हो ।

बेनीखोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगायो, स्थानीय किसान खिलबहादुर कुमालले भन्नुभयो, “बेनीखोलाको सयौँ रोपनीमा रोपिएको खेत पूर्णरुपमा बगर बनेको छ ।” बेनी खोलामा आएको बाढीले गोरखा नगरपालिका भित्रका सयाैं किसानहरु मर्कामा परेका छन् ।

माथिबाट ल्याएको ढुङ्गा, माटो ग्यागरान, रुखका हाँगाबिँगा, बालुवा र लेदाेले पुरेपछि धेरै नै क्षति भएको छ, उहाँले भन्नुभयो, “दुई सय रोपनी खेतलाई क्षति पु–याउँदै खेतको मध्यभागबाट खोला बगिरहेको छ भने अन्य दरौंदी खोलाले गोरखा नगरपालिका १० र ११ नम्बर वडाका सयौँ रोपनी धान खेतमा रोपो पुरेको छ ।”

किसान चन्द्रबहादुर कुमालका अनुसार अविरल वर्षाले दुई सय रोपनी खेत बगारमा परिणत भएपछि कृषि र सिंचाइ कार्यालयले ४० थान ग्याबिन जाली १२ थान पाइप उपलब्ध गराएको छ भने गोरखा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

वर्षातका समयमा गोरखा नगरपालिकाभित्र विभिन्न स्थानमा बाढी र पहिरोले सडक, घर, खेत अत्यधिक मात्रामा क्षति पु–याएकाले पनि गोरखा नगरपालिकाले क्षतिको लगत सङ्कलन गरिएकाले प्राविधिक मूल्याङ्कन गरी प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानहरुलाई नगरपालिकाबाट सक्दो सहयोग गरिने गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend