पब्लिक सूचना
प्रधानमन्त्री ओली
काठमाडौँ, १३ साउनः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिने क्रममा । बैठकमा उपप्रधानमन्त्रीसहित, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, मन्त्रालयगत सबै सचिवहरु सहभागिता रहेको छ । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए ।
सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए ।
ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक राखेका हुन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend