पब्लिक सूचना
पश्चिम नवलपरासीमा २० वर्षीय युवकको हत्या भएको छ।
पाल्हिनन्दन गाउँपालिका-५ हर्दी बस्ने उमेश बढईका २० वर्षीय छोरा रोशनकुमार भन्ने सूर्यकुमारको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले जानकारी दिए।
सुतिरहेको अवस्थामा सूर्यकुमारको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए।
सोमबार बिहान ५ बजेतिर हत्या भएको थाहा पाएपछि प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालको कमाण्डमा प्रहरीको टोली खटिएको थियो।
डिएसपी बोहोराका अनुसार सोही कोठामा उनका १६ वर्षीय भाइ पनि सुतेका थिए। तर उनले घटनाबारे थाहा नपाएको प्रहरीले जनाएको छ। बिहान भाइ ब्युँझिएपछि घटनाबारे थाहा पाएको प्रहरीसमक्ष बताएका छन्।
सूर्यकुमारको कसले हत्या गरेको भन्ने खुलिसकेको छैन। प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव पृथ्वी चन्द्र अस्पतालमा पठाएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend