logo
  • शनिबार, असोज १७ २०८३

राष्ट्रपतिद्वारा अभिलेख संरक्षणसम्बन्धी विधेयक प्रमाणीकरण


  • पब्लिक सूचना
  • सोमबार, साउन १४ २०८१

काठमाडौँ, साउन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend