logo
  • शनिबार, असोज १७ २०८३

चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ११ २०८१

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने जनाएको छ ।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख गरिएको हो ।

अहिले उद्योगी, व्यवसायीले वार्षिक कारोबारको २५ प्रतिशत रकम चालुपुँजी कर्जा पाउँछन् । यसभन्दा बढी चालुपुँजी कर्जा लिएको भए सीमाभित्र ल्याउने अवधि २०८२ असार मसान्तसम्म तोकिएको छ ।

‘अब व्यवसायीहरूले चालु पुँजी कर्जा मार्गदर्शनमा उल्लेखित ‘भेरियन्स एनालाइसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागू हुने गरी समयावधि थप गरिने’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले २०७९ कात्तिकदेखि चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनको व्यवस्था गरेको थियो ।

मौद्रिक नीतिमा असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने उल्लेख गरिएको छ ।

चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend