logo
  • शनिबार, असोज १७ २०८३

मिसेस नेपालमा अवसर


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ११ २०८१

साउन ११ गते । रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुला गरेको छ । विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले मिसेस नेपाल वल्र्ड गरिँदै आएको छ ।

स्काई वाक टावरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । आयोजक संस्था आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस नेपाल वल्र्ड–२०२४ मा विवाहित महिलाले भाग लिन सक्ने छन् । सहभागिताका लागि भदौ ८ गते नयाँ बानेश्वस्थित अर्याल इन्टरनेसनल होटेलमा पहिलो चरणको अडिसन लिइने छ ।

मिसेस नेपाल–२०२३ का विजेता सीता सुवेदीले विवाहित महिलाको व्यक्तित्व विकास र हरेक क्षेत्रमा अघि बढ्न मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताउनुभयो । कत्थक नृत्यङ्गना सुवेदीले आफूले विभिन्न अप्ठ्यारोलाई चिर्दै मेहनत गर्दै गएर एमएस नेपालको उपाधि जितेको अनुभव सुनाउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend