logo
  • शनिबार, असोज १७ २०८३

बालबालिकाको कोरस ‘चिसो बतास’


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ११ २०८१

साउन ११ गते । प्रशान्त तामाङ निर्देशित चलचित्र ‘सारङ्ग’ को ‘चिसो बतास’ बोल गीतमा २२ बालबालिकाले कोरस गायन गरेका छन् । डिपी खनालको गीत रचना रहेको गीतले बालमनोविज्ञान तथा बालअधिकारको विषयलाई उठाएको छ ।

चलचित्र कथाको माग अनुसार २२ बालबालिकाको कोरस गायन राखिएको निर्देशक तामाङले जानकारी दिनुभयो । चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिशा न्यौपाने, सम्राट थापा र आदित्य कार्कीलगायतको अभिनय रहेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend