logo
  • शनिबार, असोज १७ २०८३

प्रतिनिधिसभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेश हुँदै


  • पब्लिक सूचना
  • बुधबार, असार १३ २०८०

काठमाडौं, असार १३ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठकमा आज (बुधबार) बजेट पारितका लागि प्रस्ताव पेश हुँदैछ ।

बिहान ११ बजे बोलाइएको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०–०८१ का प्रस्तुत गर्नुभएको बजेट पारितका लागि प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ । अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोज गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहहरुको जवाफ दिनुहुने छ ।

त्यसपछि अर्थ मन्त्री महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै उहाँले  “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्ताव, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यता सत्तारुढ दलहरुले आर्थिक वर्ष २०८०–०८१ को बजेटको पक्षमा मतदान गर्न आआफ्ना सांंसदहरुलाई ह्विप जारी गरिसकेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका सत्तारुढ दलहरुले विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने दिने अनिर्वाय उपस्थित हुने, पक्षमा मतदान गर्न र तटस्थ नहरन ह्विप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend