logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट


  • पब्लिक सूचना
  • मंगलबार, साउन ८ २०८१

काठमाडौँ, साउन ८ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबिचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबिच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै यस्तो बताउनुभएको हो।

उहाँले खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताउनुभयो। दुई देशको भलिबल टोलीबिच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको प्रसिद्ध सर्कस र नेपालको मौलिक नृत्य संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिनुभएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend