पब्लिक सूचना
उत्प्रेरक वक्ता (motivational speaker) पत्रकार पृथ्वी भुजेल र कुशल शिक्षिका निर्जना शिबभक्ती बीच टीकाटालो (इन्गेजमेन्ट) भएको छ ।
२०८१ असार १५ दही चिउरा खाने दिनलाई लक्षित गरी शनिबार काभ्रेमा आयोजित समारोहमा पृथ्वी भुजेल र निर्जना शिबभक्तीले इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा भएपनि सम्बन्धलाई सार्वजनिकरुपमा खुलाएका थिएनन् ।
इन्गेजमेन्ट समारोहमा घरपरिवार निकट आफन्त र साथीहरु उपस्थित रहेका थिए । पृथ्वी यक उत्प्रेरक वक्ता कुशल पत्रकार हुन भने निर्जना यक कुशल शिक्षिका हुन् ,”जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं,” दुवै जनाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend