logo
  • शनिबार, असोज १७ २०८३

पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करको पानीबाट प्रसूति सेवा सुचारु


  • दिपेश घिमिरे
  • सोमबार, असार ४ २०८०

पञ्चेश्वर स्वास्थ्य चौकीमा ट्याङ्करबाट पानी लगेर शनिबार साँझदेखि प्रसूति सेवा सुचारु गरिएको छ । पानी पुगेकै राति १२ बजे एक गर्भवतीले स्वास्थ्य संस्थामा शिशु जन्माएकी छन् ।

छेउमै महाकाली नदी बगे पनि पञ्चेश्वरमा प्रसूति सेवा सञ्चालन गर्न एक ट्याङ्करको २५ हजार रुपियाँ तिरेर तीन पालिका घुमाएर ४६ किलोमिटर टाढाको स्याडी खोलाको पानी शनिबार साँझ पञ्चेश्वर ल्याइएको हो ।

स्वास्थ्य चौकी छेउबाट बस्ती र मन्दिरका लागि खानेपानीको पाइप गए पनि स्वास्थ्य चौकीले अझै पानी भर्न पाएको छैन । छ हजार मेगावाट बिजुली निकाल्ने सपना बोकेको महाकालीबाट पानी तान्न मोटर चलाउने बिजुली नहुँदा तीन पालिका टाढाबाट ट्याङ्करमा पानी ल्याउनुपरेको बताइएको छ । पञ्चेश्वर गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीले पानी अभावमा जेठ २८ गतेदेखि प्रसूति सेवा बन्द गरेको थियो ।

त्यससम्बन्धी चौतर्फी दबाब सिर्जना भई पञ्चेश्वर गाउँपालिकाले ट्याङ्करबाट पानी ल्याएर शनिबार साँझ ७ः१५ बजेदेखि प्रसूति सेवा सुचारु गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend