logo
  • शनिबार, असोज १७ २०८३

यस्तो छ विजय र सामन्थाको नयाँ फिल्मको ट्रेलर (भिडिओ)


  • पब्लिक सूचना
  • शनिबार, साउन २७ २०८०

भारतीय अभिनेता विजय देवरकोन्डा र सामन्था रूथ प्रभुको नयाँ फिल्म ‘खुशी’ को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार सारेगम म्युजिक युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

विजयले पनि आफ्नो ट्विटरमार्फत ट्रेलर सार्वजनिक गर्दै लेखेका छन्, ‘सेक्टेम्बर १ मा हामी संसारमा ल्याउने छौं।’

शिव निर्वाण निर्देशित र लिखित फिल्ममा अन्तरजातीय विवाहको प्रसंगलाई देखाइएको छ।

फिल्ममा विजय र सामन्थासँगै जयराम, सचिन खेडाकर, मुरली शर्मा, लक्ष्मी, अली, रोहिणी, भेनेला किशोरे, राहुल रामकृष्ण, सरन्या प्रदीपलगायत कलाकारको अभिनय छ।

जि मुरलीले छायांकन गरेकोे फिल्मलाई प्रविन पुडीले सम्पादन गरेका छन्। फिल्मका निर्माता नवीन येर्नेनी र रविशंकर येलामानचिली हुन्।

तमिल र तेलेगू भाषामा बनेको यो फिल्म हिन्दीमा पनि डब भएको छ। यो फिल्म आगामी सेक्टेम्बर १ मा रिलिज हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend