logo
  • शनिबार, असोज १७ २०८३

कमल ढकाल बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा चयन


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ ३० २०८०

कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरिएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा दिलकुमारी नेपाल, मिलन खड्कार र रवी किरण खड्का चयन भएका छन् । यस्तै सचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा ध्रुव पोखरेल चयन भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जानकारी दिएको छ ।

त्यस्तै संघको सदस्यहरुमा भिकटर राणा, मनिष अर्याल, विकास खेतान, डिल्लीराम श्रेष्ठ, शुष्मा थापा, तीर्थराज गौतम र प्रेमकुमार अर्याल चयन भएका छन् । मोडर्न पेन्टाथलन एउटा ओलम्पिक खेल हो, जसमा फेन्सिङ, फ्रिस्टाइल पौडी, इक्वेस्ट्रियन शो जम्पिङ, पिस्टल सुटिङ र क्रस कन्ट्री दौड समावेश हुन्छ । यो खेल पुरातन ओलम्पिकको समयमा आयोजित परम्परागत पेन्टाथलनबाट प्रेरित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend