logo
  • शनिबार, असोज १७ २०८३

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रे


  • पब्लिक सूचना
  • आइतबार, बैशाख १४ २०८२

डिफेन्डर जुल्स कुन्डेले अतिरिक्त समयमा गरेको सानदार गोलको मदतमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रेको उपाधि जितेको छ ।

सेभिलमा भएको खेलमा बार्सिलोनाले ३-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल २-२ मा सकिएपछि थप ३० मिनेटको खेल हुँदा कुन्डेले दोस्रो हाफमा गोल गरे । उनले झन्डै २० यार्ड टाढाबाट गरेको प्रहार बटम कर्नरमा गोल भएको थियो ।

खेल अवधिभर नै पकड जमाएको बार्साले पहिलो हाफमै पेड्रीको गोलमा अग्रता लिएको थियो । २८औं मिनेटमा लामिन यमलको पासमा पेड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरेका थिए ।

रियल म्याड्रिडले किलीयन एमबाप्पेको आगमनपछि खेलमा पुनरागमनको संकेत दियो । उनले ७० औं मिनेटमा आफैं जितेको फ्रिकिकलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । त्यसको ८ मिनेटपछि ओरेलिएन चुआमेनीले आर्डा गुलरको कर्नरमा हेडर गोल गर्दै रियललाई अघि बढाए ।

८४ औं मिनेटमा बार्साले खेल पुन: बराबरीमा ल्यायो । यमलको लामो पासलाई फेरान टोरेसले नियन्त्रणमा लिँदै गोलरक्षकलाई बिट गरेर गोल गरे । इन्ज्युरी समयमा रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएपनि भारको सहयोगमा निर्णय उल्टियो ।

यस जितसँगै बार्सिलोनाले सिजनको अर्को ट्रफी जितेको छ । क्लबले यसअघि स्पेनिस सुपर कप पनि जितिसकेको छ । क्लबले अब २ सातापछि रियल म्याड्रिडकै सामना गर्दा स्पेनिस लिगको पनि छिनोफानो हुनेछ । प्रशिक्षक हान्सी फ्लिकको आगमनपछि बार्साले सिजनको तीनै एल क्लासिकोमा जित दर्ता गरेको छ ।

बार्सिलोनाले च्याम्पियन्स लिगको सेमिफाइनलमा इन्टर मिलानको सामना गर्दैछ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend