logo
  • आइतबार, असोज १८ २०८३

नवरात्रमा दुर्गादेवीका नौ रूपमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नौ कन्याको सामुहिक पूजा


  • पब्लिक सूचना
  • शुक्रबार, असोज २५ २०८१

काठमाडौँ, असोज २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा आज नौ जना कन्याको विधिपूर्वक पूजा गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूले कन्याहरूको पूजा गर्नुभएको हो । नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend