logo
  • शनिबार, असोज १७ २०८३

धनगढी उडेको श्री एयरको जहाज काठमाडौं फर्काइयो

श्री एयर


  • दिपेश घिमिरे
  • शनिबार, असार १६ २०८०

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend