logo
  • शनिबार, असोज १७ २०८३

पाकिस्तानमाथि नेपालको सान्त्वना जित


  • पब्लिक सूचना
  • बुधबार, असार १३ २०८०

बेङ्लोर (भारत), असार १३ गते । नेपालले भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।

बेङ्लोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपाललाई जिताउन आशिष् चौधरीले निर्णायक गोल गर्नुभयो । आशिषले ८०औँ मिनेटमा लाकेन लिम्बुको पासमा गोल गर्दै नेपाललाई जिताउनुभयो ।

आशिषको यो नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु हो । पाकिस्तानसँगका जितसँगै नेपालले साफमा सुखद अन्त्य गरेको छ । तीन खेलमा ती अङ्क बनाएको नेपाल समूहमा तेस्रो भयो । पाकिस्तान अङ्कबिहन बन्यो ।

नेपाल समूह ‘ए’ पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ र दोस्रो खेलमा साबिक विजेता भारतसँग २–० गोलले पराजित भएको थियो । यस समूहबाट कुवेत र भारतले अन्तिम चारमा स्थान बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend