logo
  • शनिबार, असोज १७ २०८३

आशिषलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि


  • पब्लिक सूचना
  • बुधबार, असार १३ २०८०

काठमाडौं, असार १३  गते । सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष फुयालले जित्नुभएको छ ।

अन्तिम चरणको खेलमा आशिषले पुर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसँग बराबरी खेल्नुभयो । नवौं चरणसम्म भएको खेलमा आशिषले अपराजित रहँखै ६ खेलमा जित र तीन खेलमा बराबरी निकाल्दै सात अङ्क जोड्नुभयो । आशिषले उपाधि सहित ४० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

काठमाडौंका १४ वर्षीय पुरुषोत्तम सिलवाल दोस्रो हुनुभयो । समान सात अङ्क जोड्नुभएका उहाँ ट्राईबेकरमा पछाडि पर्नुभयो । नवीन तण्डुकार तेस्रो हुनुभयो । दोस्रोलाई २५ हजार र तेस्रालाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

यसैगरी काठमाडौंका शुसुरत दाहाल, कैलालीका रोशन थापा, कनचन्पुरका टेकेन्द्र राज पाठक, चौथो , पाचौं र छैटौं स्थानमा रहनुभयो । महिलातर्फ मोरडकि शान्ति धिमाल पहिलो हुनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभो ।

झापाकी पूजा सिंखडा दोस्रो र काठमाडौंकी सिन्दीरा जोशी तेस्रो हुनुभयो । दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपियाँ प्रदान गरियो । प्रतियोगितमा ३५ जिल्लाका ८५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend