logo
  • शनिबार, असोज १७ २०८३

धुर्मुस र सुन्तली को ‘मत मर्छु कि क्या हो’ युट्युबमार्फत सार्वजनिक


  • पब्लिक सूचना
  • बुधबार, असार १३ २०८०

काठमाडौँ, असार १३ गते  । हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेब चलचित्र ‘मत मर्छु कि क्या हो’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको चलचित्र यसअघि ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो । चलचित्र धुर्मुस–सुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डङ्गोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय रहेको छ । लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुवैले गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend