पब्लिक सूचना
विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतीय टोलीले हार व्यहोरेसँगै निकै हंगामा भएको छ । रोहित शर्माको कप्तानी र प्रशिक्षक राहुल द्रविडको रणनीतिमा पनि प्रश्न उठिरहेको छ ।
यसैबीच सचिन तेन्दुलकरले पनि अश्विनलाई टिममा किन राखिएनन् भन्दै प्रश्न गरेका छन् । विश्व टेस्ट च्याम्पियनसिप जितेकोमा अस्ट्रेलियाली टोलीलाई उनले बधाई दिएका छन् । । खेलमा टिक्न भारतीय टोलीलाई पहिलो इनिङ्समा ठूलो स्कोर बनाउनु परेको थियो तर त्यसो हुन भने सकेन ।
‘भारतीय टोलीका लागि केही राम्रा पलहरू थिए, तर रविचन्द्रन आश्विनलाई प्लेइङ ११ मा किन समावेश गरिएन भन्ने मैले बुझिन। उनी अहिले विश्वकै नम्बर एक टेस्ट बलर हुन् । मैले खेलअघि भनेको थिएँ कि गुणस्तरीय स्पिन बलरहरू सधैं पिचमा निर्भर हुँदैनन्।’ तेन्दुलकरले भनेका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend