logo
  • शनिबार, असोज १७ २०८३

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा


  • पब्लिक सूचना
  • शनिबार, असार २३ २०८१

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो ।

May be an image of 3 people, people playing football, people playing soccer and text

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो ।

११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।

त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको आठौ मिनेटमा नै चोटका कारण पेड्री बाहिरिनु परेपछि मैदान प्रवेश गरेका ओल्मोले लामिन यमालको पासमा बक्स भित्रबाट सुन्दर फिनिश गरेका थिए ।

जर्मनीले बराबरी गोल गर्न अन्तिम समय कुर्नु पर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले बराबरी गोल गर्दै खेल अतिरिक्त समुहमा धकेलेका थिए । जोसुवा किमीचको हेडर पश्चात बक्समा खसेको बलमा उनले गोल गर्न सफल भएका थिए ।

May be an image of 1 person, playing football, playing soccer and text

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend