logo
  • शनिबार, असोज १७ २०८३

गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

गायक प्रकाश सपुत


  • दिपेश घिमिरे
  • मंगलबार, असार १२ २०८०

रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो । गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो ।

सपुतले ‘बोल माया‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको सपुतसँगै रहेकी गायिका प्रीति आलेले जानकारी दिइन् । सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिए ।

आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । यद्यपि, कुनै प्रहरी कारबाही गरिएको छैन । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend