logo
  • शनिबार, असोज १७ २०८३

सरोज खनालको फिल्म ‘बगान’ को गीत सार्वजनिक (भिडिओ)


  • पब्लिक सूचना
  • मंगलबार, असार १२ २०८०

सरोज खनाल डेब्यू निर्देशित फिल्म ‘बगान’ को गीत सार्वजनिक भएको छ।

आइतबार नेपाली वेबसाइट युट्युब च्यानलमार्फत फिल्ममा समावेशी ‘न वारमा छु, न पारमा छु’ बोलको गीत सार्वजनिक गरिएको हो। अन्जु पन्तको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द रचना र हरी लम्सालको संगीत छ। गीतको भिडिओमा अभिनेत्री करिश्मा मानन्धरलाई देख्न सकिन्छ।

काखे छोरी हुर्काउँदै एकल जिन्दगी बिताउनुपर्दाका विभिन्न भोगाईहरू गीतमा समावेश गरिएको छ। फिल्ममा अभिनेत्री मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको छ।

फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, करिश्मा, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।

उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको फिल्मलाई अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्ममा समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ।

यो फिल्म नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरूमा फिल्म प्रदर्शन गर्ने योजना निर्माण टिमको छ। ‘बगान’ को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।

यो फिल्म असार २९ गतेदेखि प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend