पब्लिक सूचना
एएसजी आई केयरले टी–२० वर्ल्ड कपका अवसरमा क्रिकेट खेलाडीका परिवार र क्रिकेट प्रशंसकलाई उपचार सेवामा छुट दिने घोषणा गरेको छ।
एएसजी आई केयरले खेलाडीका परिवारलाई २५ हजार रूपैयाँ बराबरको आँखा उपचार तथा शल्यक्रिया निःशुल्क दिने बताएको छ।
‘देशको गौरव बढाउन सफल हाम्रा टी–२० वर्लड कप २०२४ का खेलाडीहरूको हौसला र प्रोत्साहनका लागि प्रत्येक खेलाडीको परिवारलाई २५ हजार रूपैयाँ बराबरको आँखा उपचार तथा शल्यक्रिया निःशुल्क दिने एएसजी आई केयर घोषणा गर्दछ,’ कम्पनीले एक सूचना जारी गर्दै भनेको छ।
यस्तै वर्ल्ड कप अवधिभरमा नेपाली क्रिकेट प्रशंसकहरूको आँखा उपचारका लागि राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएर उपचारका लागि आउनेलाई ओपिडी निःशुल्क दिने घोषणा पनि गरेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend