logo
  • शनिबार, असोज १७ २०८३

भवन तथा पूर्वाधार निर्माण गर्दा सुरक्षा विधिको प्रयोग नगरे काठमाडौँ महानगरले कारबाही गर्ने


  • पब्लिक सूचना
  • मंगलबार, जेष्ठ २९ २०८१

काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्र भवन तथा पूर्वाधार निर्माण गर्दा सुरक्षा विधि अपनाउन आम नगरवासीलाई आग्रह गरेको छ।

महानगरको सहरी व्यवस्थापन विभागले मंगलबार सूचना जारी जारी गर्दै नगर क्षेत्रमा भवन, सडक, फूटपाथ, ढल लगायतका संरचनाहरु निर्माण गर्ने कार्य तीव्र रुपमा भइरहेको भन्दै सुरक्षा विधि अपनाएर मात्रै काम गर्न भनेको हो।

सुरक्षा विधि नअपनाइ काम गर्दा दुर्घटना हुनसक्ने तर्फ महानगरले सचेत गराएको छ।

अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत महानगरले दिएको छ।

हेर्नुहोस् सूचना 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend