logo
  • शनिबार, असोज १७ २०८३

बुबाआमा बने वरूण र नताशा


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ २३ २०८१

बलिउड अभिनेता वरूण धवन बुबा बनेका छन्।

उनले मंगलबार इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफू छोरीको बुबा बनेको जानकारी दिएका हुन्।

‘हाम्रो बेबी गर्ल यता छिन्। आमा र छोरीलाई शुभकामना दिनेलाई धन्यवाद! हरे राम हरे राम, राम राम हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे,’ उनले लेखेका छन्।

वरूण र नताशाले सन् २०२१ मा विवाह गरेका थिए। वरूण र नताशाको चिनजान स्कुल छँदै भएको हो। वरूणलाई नताशा पहिलो भेटदेखि नै मन पर्न थाल्यो। तर दुईको सम्बन्ध साथीबाट अघि बढ्यो। पछि वरूणले प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकार गरिनन्।

वरूणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए। वरूणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका हुन्। नताशा फेसन डिजाइनर हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend