logo
  • शनिबार, असोज १७ २०८३

अविरल वर्षाले भारतका विभिन्न क्षेत्र जलमग्न, केदारनाथ यात्रामा रोक


  • पब्लिक सूचना
  • सोमबार, असार ११ २०८०

अविरल वर्षाका कारण भारतका विभिन्न क्षेत्र जलमग्न भएका छन् । हिमाञ्चल प्रदेशको रामपुरदेखि उत्तराखण्डका ७ जिल्लामा भारी वर्षाका कारण अलर्ट जारी गरिएको छ । वर्षाकै कारण केदारनाथ यात्रा रोकिएको छ ।

वर्षाका कारण किसानको खेतीपातीमा समेत क्षति पुगेको छ । उत्तराखण्डको रुद्रपुरमा भारी वर्षा हुँदा सोनप्रयागमा केदारनाथ यात्रा रोकिएको छ । देहरादून, नैनिताल, चम्पावत, पिथौरागढ, बागेश्वर, टिहरी र पौडीमा अलर्ट जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend