logo
  • आइतबार, असोज १८ २०८३

नेपालको ‘होम म्याच’ साउदीमा हुने


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ १८ २०८१

युएईविरूद्ध फिफा विश्वकप छनोटको दोस्रो चरणको खेल नेपालले साउदी अरेबियामा खेल्ने भएको छ।

यो खेल घरेलु मैदानमा हुने भनिए पनि दशरथ रंगशालाको मापदण्ड नपुगेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले न्युट्रल भेन्यूमा खेल्न भनेको थियो।

रंगशालाको संरचना र सुरक्षामा प्रश्न गर्दै एएफसीले अर्कै देशमा आयोजना गर्न भनेको यो खेल अब साउदी अरेबियामा हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। खेल नेपाली समयअनुसार ९:४५ राति र स्थानीय समयअनुसार साँझ ७ बजे हुनेछ।

नेपाल र युएईबीच जेठ २४ गते खेल हुने तय भएको छ। समूह ‘एच’ मा रहेको नेपालले यसअघि चारै खेल गुमाइसकेको छ।

नेपाल युएईसँग ४-० र यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।

जेठ २४ मा युएईसँग खेलेपछि नेपालले अन्तिम खेल जेठ २९ मा यमनसँग कतारमा खेल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend