logo
  • शनिबार, असोज १७ २०८३

विश्वकप छनोट : सुपरसिक्समा श्रीलंका, स्कटल्यान्ड र ओमान पुगे


  • पब्लिक सूचना
  • सोमबार, असार ११ २०८०

आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आयरल्यान्ड सुपरसिक्समा पुग्न असफल भएको छ। समूह ‘बी’ मा लगातार तेस्रो खेलमा पराजित भएसँगै आयरल्यान्डको विश्वकप सपना समेत समाप्त भयो। आइतबार आयरल्यान्डलाई १३३ रनले पराजित गरेसँगै श्रीलंका भने सुपरसिक्समा पुगेको छ।

यस्तै ओमानलाई ७६ रनले पराजित गरेको स्कटल्यान्डले पनि सुपरसिक्समा स्थान पक्का गर्‍यो।

पराजित भए पनि यसअघि दुई खेलमा जित निकालेको ‌ओमानले पनि सुपरसिक्समा स्थान बनाएको छ। यससँगै समूहको अन्तिम चरणका खेलअघि सुपरसिक्समा पुग्ने ६ टिम नै टुंगो लागेको छ। यसअघि समूह ‘ए’ बाट आयोजक जिम्बावे, नेदरल्यान्ड्स र वेस्ट इन्डिज सुपरसिक्समा पुगेका थिए।

नेपाल भने महत्वपूर्ण खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपरसिक्समा पुग्न असफल भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend