logo
  • आइतबार, असोज १८ २०८३

आईपीएलको उपाधि कोलकाता नाइट राइडर्सले जित्यो


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ १४ २०८१

काठमाडौं- कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ।

आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो।

फाइनल खेलमा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गर्‍यो। उपाधि दिलाउने क्रममा कोलकाताका वेंकटेश ऐयरले अर्धशतक प्रहार गरे। उनी २६ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५२ रन बनाएर नट आउट रहे।

ओपनर रहमानउल्लाह गुर्बाजले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गरी ३९ रनको योगदान गरे। हैदरावादका कप्तान प्याट कमिन्स र शहबाज अहमदले १/१ विकेट लिए।

कोलकाताले तेस्रोपटक आइपिएलको उपाधि जितेको हो। यसअघि उसले २०१२ र २०१४ मा उपाधि जितेको थियो।

एम ए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद १८.३ ओभरमा ११३ रन बनाएर अलआउट भएको थियो।

यस पटकको आइपिएलमा उत्कृष्ट लयमा रहेको हैदरावाद फाइनलमा भने कमजोर देखिएको छ। हैदारावादले यही सिजनमा आइपिएल इतिहासकै सर्वाधिक २८७ रन बनाएर कीर्तिमान बनाएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend