logo
  • शनिबार, असोज १७ २०८३

भूमिगत विद्युतीय प्रणाली परीक्षणको तयारी, प्राधिकरणले भन्यो– पोलका सबै उपकरण ६ महिनाभित्र हटाउनू


  • पब्लिक सूचना
  • बिहिबार, जेष्ठ ३ २०८१

नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँका जडान गरिएको भूमिगत विद्युत प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ।

काठमाडौँका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङ लगायतका स्थानमा जडान गरिएको भूमिगत विद्युत प्रणाली परीक्षण गरेर सञ्चालनमा ल्याउन लागिको प्राधिकरणले जनाएको छ।।
प्राधिकरणले आज (बिहीबार) सूचना जारी गर्दै उल्लेखित ठाउँका बिजुलीका पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन भनेको छ।
‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend