पब्लिक सूचना
काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई पराजित गरेको छ ।
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासललाई ३ –२ ले पराजित गरेको हो । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ३७ खेलमा ५७ अंकसहित तालिकाको आठौँ स्थानमा छ । समान खेल र समान अंक रहेको न्युक्यासल सातौँ स्थानमा छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनलाई २ – १ ले पराजित गरेको छ ।
३७ खेलमा ६० अंक रहेको चेल्सी छैटौँ स्थानमा छ । ३७ नै खेलमा ४८ अंक रहेको ब्राइटन भने १० औँ स्थानमा छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend