logo
  • शनिबार, असोज १७ २०८३

विमानस्थलबाट कपडामा लेपन गरिएको ५ केजी सुन बरामद


  • पब्लिक सूचना
  • सोमबार, बैशाख ३१ २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कपडाभित्र लेपन गरेर ल्याएको सुन बरामद गरेको छ । दुबईबाट आएको भारतीय नागरिकको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले  बताए ।

अन्डवेयर, हुडी र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ । कपडा र सुन छुट्याएपछि मात्र यकिन तौल आउने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आइतबार साँझ भारतीय नागरिकहरू फ्लाई दुबईबाट काठमाडौँ ओर्लिएका हुन् । भन्सार जाँचपास पार गरेपछि विमानस्थल सुरक्षा कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend