logo
  • शनिबार, असोज १७ २०८३

ब्राजिलमा बाढीले लियो ५५ जनाको ज्यान, ७४ जना बेपत्ता


  • पब्लिक सूचना
  • सोमबार, बैशाख २४ २०८१

ब्राजिलमा अत्यधिक वर्षापछिको बाढीमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ। ७४ जना बेपत्ता छन्।

शनिबारदेखि भइरहेको भारी वर्षापछि २५ हजारभन्दा बढी मानिस विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। अझै केही दिन वर्षा हुने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ।

अत्यधिक वर्षापछिको बाढीका कारण ५ लाखभन्दा बढी मानिसले सफा पानी र बिजुली कटौतीको सामना गर्नुपरेको बताइएको छ। बाढीबाट देशभरका करिब २५० सहर प्रभावित भएको र कयौँ सडक तथा पुल भत्किएको बीबीसीले जनाएको छ।

बेन्टो गोन्काल्भेसमा रहेको एउटा बाँध नजिक पहिरो जाँदा ३० जनाको मृत्यु भएको र बाँध टुट्ने जोखिममा रहेको एजेन्सीहरुले जनाएका छन् । यो बाँध टुटे हजारौँ मानिस जोखिममा पर्नेछन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend