logo
  • शनिबार, असोज १७ २०८३

अबुधाबी र दुबईमा चट्याङसहित भीषण वर्षा


  • पब्लिक सूचना
  • बिहिबार, बैशाख २० २०८१

काठमाडौँ । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो ।

स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङसहित वर्षा भएको जनाइएको छ । मध्यराततिरै अबुधाबीको सुदूरपश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो ।

अल अब्याद टापसहित केही क्षेत्रमा असिना परेको थियो । मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघ गर्जनसहित वर्षा भएको थियो ।

राति करिब अढाई बजेतिर अबुधाबीका अधिकांश भागमा चट्याङ र मेघ गर्जनसहित वर्षा सुरु भएको थियो भने हुरीका कारण दुबईतिर सरेको बादलले त्यहाँ पनि मौसममा परिवर्तन ल्याएको थियो । दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend