logo
  • शनिबार, असोज १७ २०८३

नेपाल र वेस्ट इन्डिज ‘ए’ को तेस्रो खेल आज


  • पब्लिक सूचना
  • बुधबार, बैशाख १९ २०८१

Sompal Kami of Nepal celebrates the wicket of Muhammad Waseem (c) of United Arab Emirates during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टि२० सिरिजको तेस्रो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ ।

सिरिज हाल १-१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो । दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

आजको खेलमा पनि टोलीमा परिवर्तन हुने पक्का छ । विश्वकपको टोली निर्माण गर्ने लक्ष्यसहित २० खेलाडी यसपटक टिममा छन् । पहिलो बाट दोस्रो खेलमा ५ खेलाडी परिवर्तन भएका थिए । हाल यस सिरिजमा खेल्न बाँकी ४ खेलाडी मध्यबाट आज अवसर पाउने सम्भावना छ ।

विनोद भण्डारी, आसिफ शेख, करण केसी र सन्दीप जोराले सुरुवाती दुई खेल खेलेनन् । विनोदबाहेक अन्य ३ विश्वकप खेल्ने टोलीमा पक्का भएकाले विनोदसँगै अन्य खेलाडीले अवसर पाउन सक्छन् ।

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्ट इन्डिज ‘ए’ टोली :

रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend