पब्लिक सूचना
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदी प्रतितोला १६ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend