logo
  • आइतबार, असोज १८ २०८३

बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १७ २०८१

aemfª pklgjf{rg M dtu0fgf ;'? r}gk'/ -aemfª_ !^ j}zfv M aemfªdf eO/x]sf] pklgjf{rgsf] dtu0fgf ;'? . 5lj;kflye]/f ufpFkflnsfsf] ! / @ j8fsf] dtu0fgf eO/x]sf] 5 . tl:a/ M e"ld/fh lk7ftf]nL÷/f;;

१७ वैशाख, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ८ हजार ४०६ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ८ हजार १६५ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दाेब्बर मतसहित अग्रता बनाएको थियो ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ११३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले २ सय ०६ मत पाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend