पब्लिक सूचना
अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। बोक्सी कुप्रथाका नाममा महिलामाथि हुने हिंसाको कथामा बनेको फिल्मलाई सुलक्षण भारतीले लेखन एवं निर्देशन गरेका हुन्।
केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलियालगायत कलाकारहरूले यसमा अभिनय गरेका छन्।

८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित रहेर निर्माण गरिएको फिल्मले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको थियो।
यो फिल्मलाई हलले उच्च शो दिएका छन्। प्रदर्शनको पहिलो दिन बिहानी शोको अकुपेन्सी पनि सुखद् देखिएको छ।
कात्यायन शिवपुरीको निर्देशन रहेको फिल्ममा जगपति बाबु, आयुष शर्मा, सांगे शेल्ट्रिम, सुश्री श्रेया मिश्राको अभिनय छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend