पब्लिक सूचना
काठमाडौँमा प्रहरीले २ करोड रुपैयाँ र झन्डै एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार उक्त नगद र सुन लिएर भारत जान लागेका बेला उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा एकजना नाबालक पनि छन्।
घटनाको विस्तृत जानकारी अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend