logo
  • शनिबार, असोज १७ २०८३

विद्यालय समयमा एसइईको उत्तरपुस्तिका परीक्षण गरे महानगरद्वारा कारबाही


  • पब्लिक सूचना
  • शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई विद्यालय समयमा अन्यत्र कार्य नगर्न परिपत्र गरेको छ । बिहीबार महानगरद्वारा जारी सूचनामा पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्य गरेमा महानगरपालिको शिक्षा विभागले कारबाही गर्ने चेतावनी दिएको हो ।

महानगरले जारी गरेको परिपत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयले आफ्ना विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसइईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकलाई नपठाउनुहुन र शिक्षकले समेत यसै सूचनालाई आधार मानी विद्यालय समयभित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुनुहुन अनुरोध छ । अन्यथा प्रचलित ऐन–कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिन्छ ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend