logo
  • शनिबार, असोज १७ २०८३

यस्तो छ केकी र सलोनको फिल्म ‘जय हो’ को टिजर (भिडिओ)


  • पब्लिक सूचना
  • आइतबार, असार १० २०८०

निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहको फिल्म ‘जय हो’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

टेक पौरखी राईले निर्देशन गरेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ।

सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिष शाहको सम्पादन, समीर मियाँको भिएफएक्स र केबलमान सिंह बस्नेत प्रोडक्सन डिजाइनर रहेको फिल्मका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन्।

राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।  सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई जिजिए ग्रूपले वितरण गर्दैछ।

यो फिल्म भदौ ८ गतेदेखि प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend