logo
  • शनिबार, असोज १७ २०८३

आज सेयर बजारदेखि बैंक तथा वित्तीय संस्था बन्द


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख ११ २०८१

काठमाडौं –आज मंगलबार वैशाख ११ सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो ।

अब बजार वैशाख १२ गते बिहान ११ बजे खुल्नेछ । यसअघि सोमबार बजार १५.४१ अंकले घटेर १९६९.०२ अंकमा बन्द भएको थियो । उक्त दिन २ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend