logo
  • शनिबार, असोज १७ २०८३

इमर्जिङ टिम्स एसिया कपमा पुग्न नेपालले हङकङसँग खेल्ने भने युएईले ओमानसँग एसीसी प्रिमियर कप फाइनल खेल्ने


  • Ashish Lamichhane
  • शनिबार, बैशाख ८ २०८१

नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

May be an image of ‎2 people and ‎text that says '‎ACC ASIANCRICKETCOUNCIL ASIAN CRICKET COUNCIL ACC MEN'S PREMIER cup 0 UPCOMING MATCH 3RD PLACEPLAY-OFF が KLNE AXT ኢፅ 神新 PROE NLNM vy 中新 Serond Teaher IEPAL HONGKONG,CHI HONG KONG,CHIN CHIN ره NEPAL HONGKONG,CHINA HONG KONG, CHINA 20th APRIL 2:30 OMAN TURF GROUND 1‎'‎‎

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा घरेलु टोली ओमानसँग शुक्रबार ५ विकेटले पराजित भएपछि हङकङको नेपालसँगको भेट पक्का भएको हो ।

May be an image of 6 people and text

फाइनल पुगेको ओमानले भने एसिया कपमा पुग्नको लागि आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्नेछ । त्यसअघि पहिलो सेमिफाइनल नेपाललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

May be an image of 3 people and text

प्रिमियर कपको तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । त्यसका लािग नेपालले हङकङको चुनौती समाप्त पार्नुपर्ने हुन्छ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।

प्रिमियर कपको एकै समूहबाट नेपाल विजेता र हङकङ उपविजेता रुपमा सेमिफाइनल पुगेका थिए । समूह चरणमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो ।

संयुक्त अरब इमिरेट्स (युएई) ले एसीसी प्रिमियर कपको उपाधिका घरेलु टोली ओमानको सामना गर्ने भएको छ । दोस्रो सेमिफाइनलमा शुक्रबार हङकङलाई ५ विकेटले हराउँदै ओमानले युएईसँगको फाइनल भेट पक्का गरेको हो ।

May be an image of 5 people and text

त्यसअघि नेपाललाई ६ विकेटले हराउँदै युएई फाइनलमा पुगेको थियो । हङकङविरुद्ध १ सय ३१ रनको लक्ष्य पछ्याएको ओमानले ४ बल बाँकी रहँदै ५ विकेट गुमाएर १ सय ३२ बनाएको थियो ।

May be an image of 8 people and text

ओमानका अर्धशतक बनाएका अकिब इलियास नआउट रहे । इलियासले ५१ बल खेल्दै ४ चौका र २ छक्काका साथ सर्वाधिक ६२ रन जाडे । खालिद नटआउट १६ रनमा रहँदा कप्तान जिसान मक्सुदले १५,आयन खान १२ र प्रतिक आठवले ११ रन बनाए । हङकङका एजाज खानले ३ विकेट, आयुष शुक्ला र अतिक इकबालले समान १ विकेट लिए ।

May be an image of 7 people and text

त्यसअघि ओमानले टस जितेर हङकङलाई पहिले ब्याटिङको लागि आमन्त्रण गरेको थियो । हङकङका जिसानले सर्वाधिक ३६, बाबर हायतले ३३, कप्तान निजाकत खानले १९, मार्टिन कोट्जीले १२, यासिम मुर्तजाले ११ ले ११ रन बनाउँनु अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानका विलाल खान, अकिब ल्यासले समान ३ विकेट, कलेमुल्लाह, फायाज बट र जेशान मक्सुदले समान १ विकेट लिए ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend